भेट्रान कप क्रिकेटबाट सुदूरपश्चिमको पहिचान विस्तार हुने विश्वास : प्रिन्सिपल चौधरी

Image
oplus_0
Nisarga Hospital

अत्तरियाः अत्तरियामा आइतबारदेखि सुरु हुन लागेको पिएफए भेट्रान कप २०८२ क्रिकेट प्रतियोगिता सुदूरपश्चिमको क्षेत्रीय प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने प्रभावकारी माध्यम हुने एभरेष्ट एकेडेमीका प्रिन्सिपल स्माइल चौधरीले बताएका छन्।

CP Hospital Dhangadhi

oplus_0
nawajiwan

प्रतियोगिताका सह–प्रायोजक समेत रहेका चौधरीले खेलकुदलाई समाज रुपान्तरणको माध्यम बनाउने विद्यालयको प्रयासलाई प्रतियोगिताले सघाउने उल्लेख गरे।

उनले भने, “अनुभवी खेलाडीहरूलाई सम्मान गर्दै नयाँ प्रतिभालाई प्रेरणा दिने उद्देश्यले हामी खेलकुद कार्यक्रममा सक्रिय छौं।”

Attariya Hospital
oplus_2

उनका अनुसार, क्रिकेट जस्तो लोकप्रिय खेलले युवामा अनुशासन, सकारात्मक सोच र प्रतिस्पर्धाको भावना विकास गर्छ। “भेट्रान कप हेरेर विद्यार्थीहरूमा पनि खेलप्रतिको उत्साह बढ्नेछ,” चौधरीले बताए।

उनले प्रतियोगिताले सुदूरपश्चिमको पहिचान निर्माणमा सशक्त भूमिका खेल्ने र अत्तरियालाई राष्ट्रिय खेल नक्शामा स्थापित गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

पिएफए छैठौँ संस्करणको भेट्रान कप-२०८२ क्रिकेट प्रतियोगिता ट्रफी सार्वजनिक , यस्तो छ खेल तालिका

Advertize US