बोेगटान फुड्सिल–७ मा क्षेत्रकै ठूलो खेलमैदान निर्माण सुरु

Image
CP Hospital Dhangadhi

डोटी: बोेगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा पालिका स्तरीय बृहत् खेलमैदानको निर्माण कार्य शनिबारबाट औपचारिक रूपमा सुरु भएको छ। गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले मैदान निर्माणको शिलान्यास गर्दै उद्घाटन गरेका हुन्।

गाउँपालिकाले निर्माण गर्न लागेको यो खेलमैदानलाई निर्वाचन क्षेत्रको सबैभन्दा ठूलो मैदान बनाउने लक्ष्य राखिएको छ। परियोजनाको कुल लागत २४ लाख रुपैयाँ रहने जनाइएको छ।

nawajiwan
Attariya Hospital

अध्यक्ष गड्सिलाले स्थानीय युवा तथा खेलप्रेमीहरूका लागि आवश्यक पूर्वाधारको अभावलाई सम्बोधन गर्दै, खेलकुदमार्फत युवालाई सकारात्मक दिशामा डो¥याउने उद्देश्यले योजना अघि बढाइएको बताए।

स्थानीय बासिन्दाहरूमा मैदान निर्माणको समाचारले उत्साह थपेको छ। सामाजिक सञ्जालमा धेरैले यस कदमलाई गाउँमा खेलकुद विकास र प्रतिभा पहिचानको सम्भावना बढाउने अवसरका रूपमा स्वागत गरेका छन्।