कैलालीमा ७ करोडको घुम्ती खाद्य प्रयोगशाला सञ्चालनमा, स्थलमै परीक्षण हुने

Image
Nisarga Hospital

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीमा झन्डै ७ करोड रुपैयाँ बराबरको घुम्ती खाद्य प्रयोगशाला सञ्चालनमा आएको छ। आर्थिक वर्ष २०८१/०८२ को चैत महिनामा काठमाडौँस्थित विभागबाट हस्तान्तरण भएको यो प्रयोगशालामार्फत अब खाद्य वस्तुको गुणस्तर परीक्षण नमुना सङ्कलन स्थलमै गर्न सकिने भएको छ।

CP Hospital Dhangadhi

कार्यालय प्रमुख हरेराम प्रधानका अनुसार मोबाइल भ्यानमार्फत सञ्चालित प्रयोगशालाले दूध, तेल, मिठाई, रंग, सस लगायतका वस्तुहरूमा विषादी अवशेषको तत्काल परीक्षण गर्न सक्छ। प्रयोगशालाको प्रयोगले बजारमा बढ्दो अखाद्य वस्तुको बिक्री रोक्न प्रभावकारी योगदान पुग्ने अपेक्षा गरिएको छ।

nawajiwan
Attariya Hospital

मोबाइल प्रयोगशालाले बजार अनुगमनलाई थप प्रभावकारी बनाउने र उपभोक्ताको स्वास्थ्य सुरक्षामा योगदान पुर्‍याउने प्रमुख प्रधानले बताए।

हाल देशभर यस्तो घुम्ती खाद्य प्रयोगशाला चार स्थान—काठमाडौँ, विराटनगर, भैरहवा र धनगढीमा मात्र सञ्चालनमा छन्। धनगढीमा प्रयोगशाला सञ्चालनमा आउँदा सुदूरपश्चिमका विभिन्न जिल्लामा तत्काल परीक्षण सेवा पुगोस् भन्ने उद्देश्य लिइएको छ।