नेपालमा यसपालि चाँडो मनसुन भित्रिए पनि सुदूरपश्चिममा पुग्न केही समय लाग्ने ! अझै केही दिन गर्मी कायमै

Image
Nisarga Hospital

नेपालमा विक्रम संवत् २०२५ सालदेखि मनसुन आगमनको अभिलेख राखिँदै आएकोमा यस वर्ष हालसम्मकै चाँडो—जेठ १५ गते राति कोशी प्रदेशबाट मनसुन प्रवेश गर्‍यो। तर, त्यसपछि १० दिन बित्दासमेत मनसुन मुलुकभर फैलन सकेको छैन। मौसमविद्हरूले मनसुनको प्रगति रोकिएको बताउँदै अब जेठ २८–२९ पछि मात्र विस्तार हुने सम्भावना औँल्याएका छन्।

CP Hospital Dhangadhi

बंगालको खाडी र अरब सागरमा उच्च तापक्रम र हावाको चापले मनसुन नेपालसम्म चाँडो त आइपुग्यो, तर विस्तार हुन नसकेपछि गर्मी बढेको छ। मौसमविद् विनोद पोखरेलका अनुसार अब अझै तीन दिनसम्म देशभर गर्मी कायम रहनेछ। विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढीमा तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियस पुग्ने अनुमान छ।

Attariya Hospital

कृषकहरू समयमै धान रोपाइँ गर्न आशावादी भए पनि खुम्चिएको मनसुनले उनीहरू अन्योलमा परेका छन्। मौसमविद् धर्मराज उप्रेतीले असार ४–६ गतेसम्म मात्र सुदूरपश्चिममा मनसुन पुग्ने पूर्वानुमान गरेका छन्। रोपाइँका लागि असार १ गतेपछि मात्र उपयुक्त हुने सुझाव पनि उनले दिएका छन्। मनसुन सक्रिय नभएसम्म गर्मी अझै बढ्ने देखिएको छ।

nawajiwan
Advertize US