अत्तरियाको पिएफए भेट्रान्स कपको छैटौं संस्करणको नगर प्रमुख भट्टद्धारा उद्घाटन

Image
oplus_0
Nisarga Hospital

अत्तरियाः पिएफए भेट्रान्स कपको छैटौं संस्करणको उद्धघाटन गरिएको छ । आइतबार एक कार्यक्रमकाबिच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले ब्याटिङ गर्दै भेट्रान्स कपको उद्धघाटन गरेका हुन् ।

CP Hospital Dhangadhi

कार्यक्रममा बोल्दै भट्टले गोदावरी नगरपालिका खेल क्षेत्रको विकासका लागि प्रतिवद्ध रहेको बताए । उनले नगरपालिकाले एक वडा एक खेल मैदानको अवधारणा अघि बढाएर काम गरिरहेको बताए ।

nawajiwan

असार ७ गतेसम्म चल्ने प्रतियोगिताको प्रथम पुरस्कार एक लाख मेडल ट्रफि प्रमाण–पत्र रहेको छ भने द्वितिय पुरस्कार पचास हजार नगद मेडल प्रमाण–पत्र रहेको छ ।

oplus_0
Attariya Hospital

त्यस्तै म्यान अफ द सिरिजलाई नगद पन्ध्र हजार, ट्रफि प्रमाण–पत्र उपलब्ध गराइनेछ भने ब्याट्स म्यानलाई नगद दस हजार ट्रफि प्रमाण–पत्र र बेस्ट बलरलाई नगद दस प्रदान गरिनेछ ।

oplus_0

त्यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याचलाई दुई हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । वनखेतस्थित सशस्त्र प्रहरीको खेल मैदानमा भइरहेको प्रतियोगिताको मुख्य प्रवद्र्धकमा गोदावरी नगरपालिका रहेको छ ।

खेलकुदमै समृद्धि खोज्दै गोदावरी नगरपालिका: एक वडा एक खेलमैदान बनाउने प्रतिबद्धता

Advertize US