बाजुराको बाम्का बजार आगलागी: अग्निपीडित क्षेत्रमा जनप्रतिनिधिको निरीक्षण, राहत र सहयोगको प्रतिबद्धता

Image
Nisarga Hospital

सुदूरपश्चिमको बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा भएको विनाशकारी आगलागीपछिको अवस्थालाई अवलोकन गर्न क्षेत्रका प्रमुख जनप्रतिनिधिहरूले निरीक्षण गरेका छन्।

CP Hospital Dhangadhi

आईतबार भएको उक्त निरीक्षणमा निवर्तमान प्रदेश प्रमुख देवराज जोशी, प्रदेशसभा सदस्य पदम बहादुर शाही, नेपाली कांग्रेस प्रदेश कार्यसमिति सदस्य रनसिंह बहादुर अयडी, नगर प्रमुख कर्ण बहादुर थापा, उपप्रमुख कमला नौपानेलगायतको टोली सहभागी थियो।

nawajiwan

निरीक्षणपछि टोलीले आगलागी पीडितका लागि आवश्यक राहत तथा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

बुढीनन्दा र स्वामीकार्तिक गाउँपालिकाबाट राहत सहयोग
आगलागीबाट पीडित परिवारहरूलाई सहयोग गर्न बाजुराकै बुढीनन्दा नगरपालिका र स्वामीकार्तिक खापर गाउँपालिका अघि सरेका छन्।

Attariya Hospital

बुढीनन्दा नगरपालिकाले तत्काल १ लाख रुपैयाँ सहयोग गरेको छ भने स्वामीकार्तिक खापर गाउँपालिकाले १ लाख १ हजार १ सय रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक बोहरा आफैं घटनास्थलमा पुगेका थिए। उनले सहयोग रकम बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँलाई हस्तान्तरण गरे।

रकम बुझ्दै प्रमुख बानियाँले पीडितहरूको पुनःस्थापनाका लागि स्थानीय, प्रदेश र संघ सरकार तथा संघसंस्थाहरूलाई सहयोगको अपिल गरे।

उता, स्वामीकार्तिक खापर गाउँपालिकाले विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ। विज्ञप्तिमार्फत पीडितहरूका लागि तत्काल राहत, पुनःस्थापना र व्यवसाय सञ्चालनमा सहयोग गर्न सबै तहका सरकारलाई आग्रह गरिएको छ।

# ट्रेण्डिङ