लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाबिच सीमाना विवाद

Image
Nisarga Hospital

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाबिच सीमा विवाद भएको छ। लम्कीचुहा नगरपालिकाले लम्की–टीकापुर सडकमा स्वागत गेट बनाउन थालेपछि सो विवाद आएको हो। सो स्थल जानकी गाउँपालिका –५ मा परेको भन्दै गाउँपालिकाले विरोध जनाएको छ। नगरपालिकाको गेट बनाइ छाडने र जानकीले बन्न नदिने अडान लिएपछि शनिवारदेखि यहाँ स्थानीयविच तनाव उत्पन्न भएको छ।

CP Hospital Dhangadhi

जानकी गाउँपालिकाले बैठक गरी बल मिच्याँइ गरेर गेट निर्माण नगर्न विज्ञप्ति जारी गरेको छ। पालिकाका अध्यक्ष गणेश चौधरीद्वारा जारी विज्ञप्तिमा जिल्ला समन्वय समितिसँग समन्वय गरी नापी विभागको सहयोगमा समाधान निकाल्नु पर्नेमा हदैसम्मको बलमिच्याँइ भएको भनिएको छ।

‘हाल प्राप्त नक्शा र प्रहरीले लगाएको सीमाबोर्डको आधारमा गेट बनाउन थालिएको हो जानकीले सहमतिमा आउनुपर्छ, काम हुन दिनुपर्छ,’ लम्कीचुहा नगरपालिकाका प्रमुख सुशीला शाहीले भने, ‘छलफलबाट निकास निस्किए फलामे गेट पछि सार्न सकिन्छ अहिले काम हुन दिनुपर्छ।‘

nawajiwan

जनप्रतिनिधिहरु आ–आफ्नै दावीमा लागेका बेला आइतबार लम्कीचुहा नगरपालिकाले नगरप्रहरी खटाएर काम जारी राखेपछि जानकी गाउँपालिका नागरिकहरु अवरोध गरेका छन्। विवाद भइरहेको स्थल पुग्नुभएका जिल्ला समन्वय समिति कैलालीका उपप्रमुख खगराज भुषालले दुवै पालिका प्रमुख र जनप्रतिनिधिहरु बसेर विवाद टुङ्ग्याउनु पर्ने र जनता लडाइमा उत्रिन नहुने बताए।

Attariya Hospital

उनले दुवै पक्षबिच सहमति नहुञ्जेलसम्म यथास्थितिमा राख्न जिल्ला प्रशासन कार्यालय कैलालीलाई निर्देशन दिएको बताए। नगरपालिकाले बनाउन लागेको गेटको पूर्वपट्टिको खम्बा अमौरी गाउँमा र पश्चिमपट्टिको खम्बा शिवपार्वती सामुदायिक वनमा परिरहेको छ। जानकी गाउँपालिकाले वन र अमौरी गाउँसहित ३०० मिटर परसम्म गाउँपालिकाको सीमाना रहेको दावी गरेको छ।

लम्कीचुहाले आफ्नो दावी गरिरहेको छ। यहाँ लम्कीचुहा नगरपालिकाले करिब ३३ लाखको लागतमा स्वागत गेट बनाउन निर्माण कम्पनीलाई ठेक्का दिएको छ। दुवैको दावीबिच ठेकेदारले काम सुरु गरेपछि विवाद सतहमा आएको हो। शिवपार्वती वनका अध्यक्ष फूलपति चौधरीले पूर्खादेखि नै साविक पथरैया गाविस र हाल जानकी गाउँपालिका –५ मा पर्ने क्षेत्र लम्कीचुहाले लिन लागेको महसुस भएको बताए।

उनले २०७५ सालदेखि आफू अध्यक्ष रहेको उपभोक्ता जानकीकै रहेको र लम्कीचुहाले खम्बा गाड्न थालेपछि गाउँले भेला भएर भत्काउन लागेका बताए। लम्कीचुहा नगरपालिकाको सीमा जोडिएको जानकी, मोहन्याल गाउँपालिकासँग नदी स्रोतको स्वामित्वका विषयमा पनि सीमामा विवाद हुँदैआएको स्थानीयको भनाइ छ।

Advertize US