कैलालीमा सुख्खा नालामा महिला मृत अवस्थामा फेला

Image
प्रतिकात्मक फोटो
Nisarga Hospital

कैलालीको लम्कीचुहा नगरपालिका–७ स्थित जैगड राइस मिलको पछाडि रहेको सुख्खा नालामा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार सोही स्थानकी ६५ वर्षीया चन्द्रा देवी भुलको शव बुधबार बिहान नालामा भेटिएको हो। मृतक भुल स्थानीय निवासी रहेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

Attariya Hospital

घटनाको कारण अहिलेसम्म खुलेको छैन। प्रहरीले शव पोस्टमार्टमका लागि अस्पताल पठाएको र घटनाका सबै पक्षमा अनुसन्धान अघि बढाइएको जनाएको छ।

nawajiwan