१५ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली काठमाडौं प्रस्थान

Image
Nisarga Hospital

१५ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली काठमाडौं प्रस्थान भएको छ ।
सोमवार सुदूरपश्चिम प्रदेश समाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले प्रदेशका सम्पूर्ण खेलाडीलाई जितका शुभकामना दिँदै प्रदेशको टोलीलाई बिदाइ गरिन् ।

CP Hospital Dhangadhi

‘शुभयात्रासहित शुभकामना दिन चाहान्छु, सम्पूर्ण खेलाडी भाईबहिनीहरु आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला, राम्रोसँग खेललाई उत्कृष्ट गरे, सुदूरपश्चिमको सान गौरवलाई अझशिरलाई माथि उठाउनुहुनेछ, सुदूरपश्चिम खेल जगतको आसा, भरोसा तपाईंहरुनै हो, त्यसकारण उच्च मनोवलका साथ उत्कृष्ट खेलेर जितेर आउनुहुनेछ, केही समस्या परे खवर गर्नुहोला,हामी तपाईंहरुसंगै छौँ, उनले भनिन् ।

Attariya Hospital

प्रदेशका खेलाडीले एथलेटिक्स, कराते, उस्सु, कबड्डी र भलिबल खेल खेल्नेछन् । ९५ जना खेलाडी, १२ जना कोच, ६ जना व्यवस्थापक , नेता र उपनेता २ जना गरि १ सय १५ जनाको टोली काठमाडौं गएको हो । यसअघि सुदूरपश्चिम प्रदेश १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा पहिलोपटक टिम च्याम्पियन बनेको थियो । सुदूरपश्चिमले १९ स्वर्ण, १२ रजत र १८ कांस्य जितेको थियो । यो पटक पनि सबै खेल बिधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकको भनाइ छ ।

nawajiwan
Advertize US