
कञ्चनपुरको बेलौरी नगरपालिकामा अत्यधिक गर्मीका कारण नगर क्षेत्रका सबै विद्यालयमा दुई दिनका लागि बिदा दिइएको छ।

नगर प्रमुख पोतीलाल चौधरीका अनुसार मंगलबार र बुधबार (दुई दिन) विद्यालय बन्द गरिने निर्णय गरिएको हो। “वर्षे बिदाबाट मिलान हुने गरी दुई दिन बिदा दिने निर्णय भएको हो,” उनले बताए।

केही दिनयता बढ्दो तापक्रमले विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै यस्तो निर्णय गरिएको जनाइएको छ।






























