
बैतडीमा बोलेरो पिकअप जीप दुर्घटना भएको छ। अत्तरियाबाट सुइलेकतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ च ३४७५ नम्बरको महेन्द्रा बोलेरो पिकअप जीप पुर्चौडी नगरपालिका–६, मुडेलीधार भिडेखोलास्थित भित्री सडकखण्डमा दुर्घटनाग्रस्त भएको हो।

चालकको ज्यान जोगियो
जीपका चालक बझाङको बित्थडचिर गाउँपालिका–२ निवासी हरिसबहादुर खड्काले जिप दुर्घटना हुनुअघि हाम फालेर ज्यान जोगाएका छन्। प्रहरीले जानकारी अनुसार, जीपमा उनी मात्र सवार थिए।

५०० मिटर तल खस्यो जीप
किराना सामान बोकेर गइरहेको उक्त जीप उकालोमा चढ्न नसकी ब्याक हुँदा सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।




















