ग्यास लिक भएर आगलागी हुँदा १५ लाखको क्षति

Image
Nisarga Hospital

कञ्चनपुर : कञ्चनपुरमा एक घरमा आगलागी हुँदा १५ लाखबढीको क्षति भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१ वनसाहमा स्थानीय गणेश पन्तको घरमा मङ्गलबार बिहान ११ बजे भएको आगलागीबाट १५ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो।

CP Hospital Dhangadhi

भान्सा कोठामा राखिएको ग्यास लिक भएर एक्कासी आगलागी हुँदा घरमा भएको धनमाल, लुगाकपडा, फर्निचर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी सागर बोहराले जानकारी दिए ।

Attariya Hospital

दमकल र स्थानीयको सहयोगमा केही घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट मानविय तथा पशुचौपाया क्षती भने नभएको जनाइएको छ । आगलागीबाट भएको क्षतिको थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

nawajiwan
Advertize US