कञ्चनपुरको बेलौरीका प्रहरी चौकीका इन्चार्ज कुटिए

Image
Nisarga Hospital

कञ्चनपुरको बेलौरी नगरपालिकास्थित पचुइ प्रहरी चौकीका इन्चार्ज धीरबहादुर चन्द कुटिएका छन्।

CP Hospital Dhangadhi

चन्दमाथि चौकी नजिकै दिनदहाडै कुटपिट एवं आक्रमण भएको हो। सामान चेकजाँचको क्रममा चन्दमाथि आक्रमण भएको बताइएको छ। स्थानीय हार्डवेयर पसल संचालक तथा तस्करीसँग संलग्न रहेको आरोप लागेका राहुल रानाको समूहले चन्दमाथि कुटपिट गरेको हो।

Attariya Hospital

उनीहरूको बिचमा सामान चेकजाँचको क्रममा विवाद सुरु भएको थियो। विवादको क्रममा राना समूहले प्रहरीमाथि अभद्र व्यवहार गर्दै हातपात गरेका हो। घटनापछि चौकीमा तनावको स्थिति सिर्जना भएको थियो। यस विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले भने प्रतिक्रिया दिँदै तस्करविरुद्ध कानुनी कारबाही गरिने बताए।

nawajiwan