सुदूरपश्चिममा ‘सिनेमा संवाद’ कार्यक्रम : चलचित्र र समाजबीचको संवाद बढाउन आयोजन

Image
Nisarga Hospital

चलचित्र पत्रकार संघ–नेपाल सुदूरपश्चिमले जेठ ३१ गते धनगढीमा ‘सिनेमा संवाद’ कार्यक्रम आयोजना गर्ने भएको छ। चलचित्रकर्मी, पत्रकार, विद्यार्थी, कलाकार र दर्शकबीच चलचित्र निर्माण, सन्देश, सामाजिक प्रभाव र बजारका चुनौतीबारे बहस र संवाद गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त कार्यक्रममा चलचित्रसम्बन्धी गहिरो छलफल हुने आयोजकहरूले बताएका छन्।

CP Hospital Dhangadhi

संघका अध्यक्ष पुष्पराज जोशीले आयोजित पत्रकार सम्मेलनमा यस कार्यक्रमले चलचित्रलाई केवल मनोरञ्जनको माध्यम नभई समाजको ऐना र सामाजिक परिवर्तनको साधनका रूपमा प्रस्तुत गर्ने बताए। सुदूरपश्चिममा बढ्दो चलचित्रप्रति चासोलाई व्यवस्थित दिशातर्फ लैजान र स्थानीय प्रतिभाहरूलाई अवसर प्रदान गर्न ‘सिनेमा संवाद’ले महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गरे।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता तथा निर्माता–निर्देशक विराज भट्ट, अभिनेता दिव्य देव पन्त, पुष्प खड्का, अभिनेत्री सुरक्षा पन्त, उपासना सिंह ठकुरीलगायतका कलाकार सहभागी हुनेछन्। सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

nawajiwan
Attariya Hospital

अध्यक्ष जोशीले भने, “आजको पुस्ता चलचित्रप्रति आकर्षित भए पनि यसको सन्देश, निर्माण प्रक्रिया र सामाजिक प्रभावबारे खुला संवादको कमी छ, ‘सिनेमा संवाद’ त्यो अभाव पुरा गर्ने एउटा महत्वपूर्ण मञ्च हुनेछ।”

यो कार्यक्रम चलचित्रप्रेमी, विद्यार्थी र समाजसँग चलचित्रमार्फत संवाद गर्न चाहने सबैका लागि सुनौलो अवसर सावित हुने आयोजकको अपेक्षा छ।

Advertize US