अछाममा सेनाको हेलिकोप्टर आकस्मिक अवतरण

Image
CP Hospital Dhangadhi

अत्तरिया : खराब मौसमका कारण अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ मा नेपाली सेनाको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ ।

Attariya Hospital

नेपालगञ्जबाट बाजुरा गइरहेको नेपाली सेनाको हेलिकोप्टर मौसम खराबिका कारण आकस्मिक अवतरण गरिएको अछाम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए ।

nawajiwan

“सेनाको हेलिकोप्टर ल्याण्ड भएको रहेछ, जयगढबाट प्रहरी टोलीलाई जान भनेका छौं ।” देउवाले भने, ‘‘हेलिकोप्टर अवतरण भएपछि स्थानीयहरु थालाकोट मैदान पुगेको बताइएको छ ।’’ थालाकोट मैदानमा हेलिकोप्टर ल्याण्ड भयो भनेर हाम्रो वडा सदस्य पनि त्यहाँ पुगिसक्नुभएको जानकारी बान्नीगढी जयगढ गाउँपालिका–५ का वडा अध्यक्ष टंकबहादुर साउँदले दिए । मौसम सफा भएपछि हेलिकोप्टर उडेर बताइएको छ । बिहानबाटै अछाममा चट्याङसहितको वर्षा भइरहेको छ