सुनमा कर वृद्धि गरेपछि सुनचाँदी व्यवसायी आन्दोलित

Image
Nisarga Hospital

अत्तरिया :नेपाल सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । सरकारले गरेको आर्थिक बर्ष २०८२र०८३ को बजेटमा सरकारले सुनमा कर बृद्धि गरेपछि व्यवसायीहरु आन्दोलित भएका हुन । सरकारले सुनमा २ प्रतिशत विलासित कर, वहुमुल्य हिरा र पथरमा १३ प्रतिशत भ्याट लगाएपछि व्यवसायी आन्दोलित भएका हुन ।

CP Hospital Dhangadhi

सुनचाँदी व्यवसायी संघ, कैलालीका अध्यक्ष यदु सुनारका अनुसार सरकारले बढाएको करले बजारमा अझ बढी सुन तस्तकरी बढ्ने छ । सरकार बढाएको कर यथासिघ्र फिर्ता लिन व्यवसयीहरुको माग छ । धनगढीमा पत्रकार सम्मेलन गर्दै व्यवसायीले सरकारले सुनचाँदी व्यवसायमा हालसालै ल्याएको नयाँ कर प्रणालीप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । यस्तै व्यवसायीले सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने, सुनचाँदी प्रष्ट नियमावली निर्माण गर्न माग गरेका छन् ।

Attariya Hospital

कर वृद्धि गरेको विरोधमा आज हातमा कालोपट्टि गरेर काम गरिरहेका छन । भोली (बिहिबार) हात हातमा पसलका चावी लिएर धनगढी चौराहा देखि जिल्ला प्रशासन कार्यालय कैलाली सम्म शान्तिपुर्ण ¥याली निकालिने अध्यक्ष सुनारले बताए । हाल लागू भएको १३ प्रतिशत भ्याट तत्काल हटाउन र सरलीकृत कर नीतिहरू निर्माण गर्न उनले माग गरे । निर्यात हुने सुनचाँदीमा ५ प्रतिशत टीडीएस हटाउने व्यवस्था मिलाउन समेत माग गरेका छन् ।

nawajiwan

सुनचाँदी तथा हिरा जडित गहनाको कारोबारमा फिर्ता बिक्री प्रक्रिया अवलम्बन हुने हुँदा किनिएको मूल्यभन्दा बिक्री मूल्य फरक हुनुपर्ने स्वाभाविक अवस्था रहेको जनाइएको छ । तर, यस्तो प्रक्रिया व्यवसायमा घाटा पु¥याउने भन्दै यसमा पुनर्विचार गर्न माग गरिएको छ ।
भारतीय बजारको तुलनामा नेपाली सुनचाँदी गहनाको मूल्य अत्यधिक महँगो हुने स्थिति आउँदा कालोबजारी तथा चोरी पैठारी बढ्न सक्ने चिन्ता व्यवसायीहरुको रहेको छ । आफुहरुले शान्तिपूर्ण रुपमा राखेका मागमा वेवास्ता भए कडा आन्दोलन गर्न बाध्य हुने व्यवसयीहरुको चेतावनी रहेको छ ।

# ट्रेण्डिङ