
अत्तरिया : धनगढीमा सात दिने बाटेको धुप बनाउने तालिम सुरु भएको छ । धनगढी उपमहानगरपालिका वडा नं. ५ वडा को आर्थिक सहयोगमा सात दिने तालिम सुरु भएको छ । सुन्दरनगर टोल विकास समितिको आयोजनामा तालिम भएको हो ।
बुधबार देखि सुरु भएको तालिम सात दिन सम्म निः शुल्क रुपमा संचालन हुने छ । तालिम सहजीकरण रन्जन ज्ञवाली र पवित्रा पौडेल रहेकी छन् ।

वडा कार्यालयको लक्षित कार्यक्रममा महिलाहरुलाई सिपमुलक बाटेको धुप बनाउने तालिम कार्यक्रम संचालनको लागी टोलविकास समिति संग सम्झौता गरिएको थियो । तालिममा दलित, जनजाती, अपाङ्ग, एकल महिलाहरुलाई प्राथमिकतामा राखि तालिम संचालन गरिएको छ । तालिम पछि धुप बनाउने व्यवसाय वा व्यवसायिक कार्य गर्नुपर्नेछ । तालिम उद्घाटन कार्यक्रममका सुन्दरनगर टोल विकास समिति अध्यक्ष मिनबहादुर धामी रहेका थिए । यस्तै वडा नं. ५ का कार्यवाहक वडा अध्यक्ष दत्तुराम पाण्डेय प्रमुख आतिथि रहेको थिए । कार्यक्रममा विशिष्ट अतिथि वडा सदस्य विपिन कटुवाल, अतिथिमा गौरीशंकर मन्दिर सेवा समितिका अध्यक्ष घनश्याम ऐर रहेका थिए ।

कार्यक्रमा प्रमुख अतिथि पाण्डेले सिपमुलक तालिम लिएर व्यवहारमा लागुगर्नुपर्ने सुझाए । सिप सिक्न उमेरले छेक्दैन त्यसैले गर्दा सिप सिकेर आत्मनिर्भर बन्न अनुरोध गरे । कार्यक्रमको संचालन चन्द्रदिप भट्ट गरेका थिए । तालिममा १५ जनाको सहभागिता रहेको छ ।































