गर्मीको चपेटामा सुदूरपश्चिमको तराई क्षेत्र: वातावरण र स्वास्थ्यमा डरलाग्दो असर

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशको प्रमुख सहर धनगढीमा गर्मीको चर्को प्रभाव देखिएको छ। आजको तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेको छ भने वायूगुणस्तर ‘अत्यन्त अस्वस्थ’ स्थितिमा पुगेको मौसम तथा वातावरणविद्हरूले जनाएका छन्। मौसम पूर्वानुमान अनुसार केही दिनसम्म यस्तो अवस्था कायमै रहनेछ।

CP Hospital Dhangadhi
Attariya Hospital

विशेषज्ञहरूका अनुसार गर्मीका साथै केही क्षेत्रमा चट्याङ र असिनासहितको अस्थायी वर्षाको सम्भावना छ। शुक्रबार बिहान वर्षा भई घामछायाँ मिसिएको मौसम रहने अनुमान गरिएको छ। शनिबार र आइतबार हेजी सनशाइन (धुवाँ–धुलो मिसिएको घाम) को सम्भावना देखिएको छ भने तापक्रम बढेर ४२ डिग्रीसम्म पुग्न सक्ने बताइएको छ।

स्वास्थ्यमा प्रतिकूल असर देखिने जोखिम

वायू प्रदूषणको मात्रा अत्यधिक बढेकाले बालबालिका, वृद्धवृद्धा तथा स्वासप्रश्वासको समस्या भएका व्यक्तिहरूको लागि यो अवस्था गम्भीर बन्न सक्ने चिकित्सकहरू चेतावनी दिन्छन्। स्थानीय स्वास्थ्य संस्थाहरूले सर्वसाधारणलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

स्वास्थ्य सुरक्षाका लागि सुझावहरू:

  • अत्यधिक घाममा बाहिर ननिस्कनुहोस्

  • प्रशस्त मात्रामा पानी पिउनुहोस्

  • मास्कको अनिवार्य प्रयोग गर्नुहोस्

  • शरीरमा जलन, चक्कर लाग्ने, अत्यधिक पसिना आउने वा टाउको दुख्ने लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्

विद्यालयको समय तालिका परिवर्तनको तयारी

गर्मीको तीव्र प्रभावका कारण विद्यालयहरूको समय तालिका परिवर्तन गर्नेबारे छलफल चलिरहेको जनाइएको छ। निर्णय भएमा विद्यालयहरूलाई आवश्यक सूचना दिइने प्रशासनले जनाएको छ।

# ट्रेण्डिङ