कैलालीमा प्रहरीको गोली प्रहार, ज्यान मार्न खोजेका दुई जना पक्राउ

Image
Nisarga Hospital

कैलालीमा प्रहरीले गोली प्रहार गरेर ज्यान मार्ने उद्योगमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता राजकुमार सिंहका अनुसार पक्राउ पर्नेमा मिलन चन्द र रिदम ढुंगाना रहेका छन्। उनीहरूलाई ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले खोजी गर्दै आएको थियो।

Attariya Hospital

प्रवक्ता सिंहका अनुसार आज पक्राउ गरिएका उनीहरूलाई भजनी नगरपालिका–७ हुँदै ल्याउने क्रममा पिसाब फेर्ने बहानामा उनीहरू फरार भएका थिए। त्यसपछि नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको थियो।

nawajiwan

तर, हवाइ फायरबाट पनि नियन्त्रणमा लिन नसकेपछि दुवै जनालाई खुट्टाको घुँडामुनि गोली हानेर पक्राउ गरिएको सिंहले जानकारी दिए।

Advertize US