
अत्तरियाः दलितका लागि दलित अभियान अन्तर्गत अत्तरियामा सुदूरपश्चिम प्रदेशस्तरीय र्याली निकालिएको छ। जागरण सभाको पूर्वसन्ध्यामा अभियानको सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा र्याली सम्पन्न भएको हो।

र्यालीमा अभियानका सुदूरपश्चिम संयोजक खगेन्द्र सुनारसहित विभिन्न क्षेत्रका दलित अभियन्ताहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सामाजिक न्याय, समान अवसर र दमनको अन्त्यको माग गर्दै प्लेकार्डसहित नाराबाजी गरेका थिए।

र्यालीपछि अत्तरियास्थित नमस्ते होटलको सभाहलमा जागरण सभा आयोजना गरिने कार्यक्रम तय गरिएको छ।
आयोजकका अनुसार सभा मार्फत दलित समुदायको अधिकार, समावेशिता र सशक्तिकरणका सवालमा थप आवाज बुलन्द गरिनेछ।





























