सुदूरपश्चिममा खेलकुद परिषदको सदस्य सचिवमा काँग्रेसका खड्का नियुक्त

Image
Nisarga Hospital

अत्तरिया : सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा लोकबहादुर खड्का (रवि) नियुक्त भएका छन्। सामाजिक विकास मन्त्रालयको सिफारिसमा प्रदेश मन्त्रिपरिषद्को बैठकले खड्कालाई सदस्य सचिवमा नियुक्त गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले बताए। आजै सपथ ग्रहण गर्ने कार्यक्रम रहेको बताइएको छ।

CP Hospital Dhangadhi

नेपाली काँग्रेस निकट खड्का फुटबल र हक्कीका पूर्वखेलाडी हुन्। कैलाली जिल्ला कुस्ती संघका अध्यक्ष भइसकेका खड्का क्रिकेट विकास समिती क्षेत्र नम्वर ९ का कोषाध्यक्ष पनि थिए। तत्कालीन क्षेत्रीय खेलकुद विकास समितिको सदस्य भएर पनि खड्काले काम गरिसकेको अनुभव छ।

Attariya Hospital

झण्डै तीन महिनादेखि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिव पद रिक्त थियो। ०७७ चैतमा चार वर्षका लागि खेलकुद परिषद्को सदस्य सचिवमा दीपकबहादुर सिंह नियुक्त भएका थिए। उनको कार्यकाल ९ चैतदेखि सकिएको थियो।

nawajiwan
Advertize US