इरानमाथि इजरायलको कारबाहीमा हाम्रो संलग्नता छैन: अमेरिकी विदेशमन्त्री

Image
Nisarga Hospital

संयुक्त राज्य अमेरिकाले इजरायलद्वारा इरानमाथि गरिएको हालको हवाई आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जारी वक्तव्यमा उक्त कारबाही एकपक्षीय रूपमा इजरायलले गरेको बताएका छन्।

CP Hospital Dhangadhi

“इजरायलले इरानमाथि आत्मरक्षाको आधारमा कारबाही गरेको हो। अमेरिका यस हमलामा संलग्न छैन,” मन्त्री रुबियोले भने, “हाम्रो प्रमुख प्राथमिकता भनेको क्षेत्रका अमेरिकी फौजहरूको सुरक्षा गर्नु हो।”

उनले राष्ट्रपति ट्रम्पको प्रशासनले फौजको सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै कदम चालेको र इरानलाई कुनै पनि अमेरिकी स्वार्थ वा जनशक्तिमाथि आक्रमण नगर्न चेतावनी पनि दिएका छन्।

nawajiwan
Attariya Hospital

त्यस्तै, इजरायलका लागि अमेरिकी राजदूत माइक हक्काबीले पनि घटनापछि अमेरिकी दूतावासले स्थिति नजिकबाट निगरानी गरिरहेको जनाएका छन्। “हामी जेरुसेलमस्थित दूतावासमै छौं र रातभर घटनाक्रममाथि निगरानी राख्नेछौं,” उनले एक्स (पूर्व ट्विटर) मा लेखेका छन्, “जेरुसेलमको शान्तिको लागि प्रार्थना गरौं!”

घटनाले मध्यपूर्वमा बढ्दो तनावलाई थप चर्काउने संकेत देखिएको छ, तर अमेरिकाले आफू शान्त र सन्तुलित भूमिकामा रहेको सन्देश दिएको छ।

# ट्रेण्डिङ