मानवीय आधारमा बस्दै आएका हजारौं आप्रवासीलाई अमेरिका छोड्न आदेश

Image
Nisarga Hospital

अमेरिकामा अस्थायी रुपमा मानवतावादी आधारमा बसोबास गर्दै आएका हजारौं आप्रवासीलाई तत्काल देश छोड्न अमेरिकी गृह सुरक्षा विभागले निर्देशन दिएको छ। क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाबाट आएका ती नागरिकहरूलाई इमेलमार्फत सूचना दिइएको हो।

CP Hospital Dhangadhi

पूर्व राष्ट्रपति जो बाइडेनको कार्यकालमा ती देशका नागरिकहरूलाई दुई वर्षका लागि अमेरिका बस्न अनुमति दिइएको थियो। उक्त निर्णय उनीहरूको गृहदेशमा जारी युद्ध, राजनीतिक संकट र मानवअधिकार उल्लङ्घनलाई ध्यानमा राखी गरिएको थियो।

Attariya Hospital

तर हाल ट्रम्प प्रशासनको कडा आप्रवासन नीति जस्तै नयाँ नीति ल्याउँदै, बाइडेन प्रशासनले अस्थायी बसोबास अनुमति फिर्ता लिन थालेको हो। विश्लेषकहरूका अनुसार यो निर्णय कानुनी चुनौतीको सामना गर्न सक्ने सम्भावना रहेको छ।

nawajiwan

मानवअधिकार र आप्रवासन पक्षधर संघसंस्थाहरूले यो कदमप्रति चासो र चिन्ता व्यक्त गरेका छन्। नयाँ आदेशले करिब पाँच लाख आप्रवासीको जीवन र भविष्यमा ठूलो अन्योल ल्याउने देखिएको छ। अमेरिका अब आप्रवासन नीतिमा पुनः कठोर र असहज दिशातर्फ अघि बढ्न लागेको संकेत देखिन्छ।

Advertize US