सर्पको टोकाइले लियो गोदावरीमा पाँच वर्षीया बालिकाको ज्यान

Image
प्रतिकात्मक फोटो
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–९, बल्मीका एक बालिकाको सर्पको टोकाइबाट मृत्यु भएको छ। पाँच वर्षीय रितु भाटलाई बुधबार राति आँगनमा खेलिरहेका बेला सर्पले टोकेको थियो।

CP Hospital Dhangadhi

घटना लगत्तै परिवारले उनलाई सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याए पनि उपचारका क्रममा उनको ज्यान जोगाउन सकिएन।

Attariya Hospital

स्थानीय बासिन्दा र प्रहरीले सर्पको टोकाइपछि तुरुन्त अस्पताल पुर्‍याए पनि विषको प्रभाव तीव्र भएका कारण रितुको मृत्यु भएको जानकारी दिएका छन्।

nawajiwan

वर्षा र गर्मी मौसमसँगै सर्पदंशका घटना बढ्न थालेका छन्। यस्ता घटनाबाट बच्न सुरक्षित बासस्थान, समयमै अस्पताल पु-याउने प्रबन्ध र जनचेतना आवश्यक रहेको विज्ञहरूको भनाइ छ। रितुको असामयिक निधनले स्थानीय क्षेत्र शोकमा डुबेको छ।

Advertize US