सिगास गाउँपालिकाको श्रीभावर – दोगाड – गर्जे सडक कालोपत्रेको काम यसै वर्षदेखि थालिने

Image
Nisarga Hospital

बैतडी: बैतडीको दुर्गम क्षेत्रको रुपमा हेरिएको सिगास गाउँपालिकाको केन्द्र जोड्ने श्रीभावर – दोगाड – गर्जे सडकखण्ड कालोपत्रेको काम यसै बर्षदेखि अघि बढाइने भएको छ । विश्व बैंक र नेपाल सरकार बीच भएको सम्झौता अनुसार प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत श्रीभावर – दोगाड – गर्जे सडकखण्डलाई कालोपत्रेको काम यसै वर्षदेखि अगाडी बढाइने सिगास गाउँपालिका अध्यक्ष हरि सिंह धामीले जानकारी दिनुभयो ‌।

CP Hospital Dhangadhi

सडक कालोपत्रे गर्ने कामलाई अघि बढाउन गत मंसिरमा संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाबीच त्रिपक्षीय सम्झौता भएको थियो ।

nawajiwan

सोही सम्झौता अनुसार सडक कालोपत्रे गर्ने कार्यलाई अघि बढाउन विश्व बैंकको टोली, पूर्वाधार विकास कार्यालय र गाउँपालिका अध्यक्षसहितको टोलीबीच गत जेठ २७ र २८ गते सिगास गाउँपालिकाको सदरमुकाम गर्जेमै छलफल भएको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए ।

Attariya Hospital

छलफलमा श्रीभावर–दोगाड–गर्जे सडकलाई कालोपत्रे गर्ने कार्य तत्काल अघि बढाउने बिषयमा केन्द्रित रहेर कुराकानी भएको सिगास गाउँपालिकाका अध्यक्ष हरि सिंह धामीले बताए । उक्त सडक कालोपत्रे गर्नका लागि डिपीआर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

श्रीभावर – दोगाड – गर्जे सडकखण्ड कालोपत्रे गर्ने कार्यलाई अघि बढाउन आगामी आर्थिक बर्षका लागि १६ करोड बजेट विनियोजन भइसकेको गाउँपालिका अध्यक्ष धामीले जानकारी दिनुभयो ।

साढे २६ किलोमिटर लम्बाइ रहेको श्रीभावर – दोगाड  – गर्जे सडकको ट्रयाक गाउँपालिकाको केन्द्रसम्मै खोलिसकिएको र नेपाल सरकार र विश्व बैंक बीचमा सिगास गाउँपालिकाको केन्द्रमा सडक नपुगेका पालिकाका केन्द्रहरुमा सडक पुर्याउने सहमति अनुसारको सम्झौता अनुसार सडक कालोपत्रे गर्ने कार्य अघि बढ्ने गाउँपालिका अध्यक्ष धामीले बताए ।

सिगास गाउँपालिकाका ९ वटै वडाहरूमा सडकखण्ड बिस्तार भइसकेको छ ‌ । यद्यपि श्रीभावर – दोगाड – गर्जे सडकखण्ड कालोपत्रेको काम तुरुन्तै अगाडी बढे सिगास गाउँपालिकाको मुहार नफेरीनेमा दुइमत छैन ।।श्रीभावर – दोगाड – गर्जे सडकखण्ड कालोपत्रेको काम यसै बर्षदेखि अघि बढाइन विश्व बैंकको केहि दिन अघिमात्र सिगास गाउँपालिकाको सदरमुकाम गर्जे नै पुगेको थियो ।

Advertize US