सुदूरपश्चिमलाई संमृद्ध र विकसित बनाउने अभियानमा सबैले संयुक्त रूपमा लाग्नुपर्छ : सचिव भट्ट

Image
Nisarga Hospital

अत्तरिया : नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले सुदूरपश्चिम प्रदेशलाई संमृद्ध र विकसित बनाउने अभियानमा सबैले संयुक्त रूपमा लाग्नुपर्ने बताएका छन् ।

CP Hospital Dhangadhi

 


एमाले सुदूरपश्चिम प्रदेश प्रचार तथा प्रकाशन विभागले प्रकाशित गरेको ‘सूर्य युग’ मुखपत्रको विमोचन कार्यक्रममा बोल्दै भट्टले प्रदेशको स्रोत साधनको पहिचानमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउने लक्ष्य रहेको बताए ।

nawajiwan

 

Attariya Hospital


‘सुदूरपश्चिमलाई सबैभन्दा विकसित प्रदेश बनाउने हाम्रो लक्ष्य हो, सबै मिलेर यो लक्ष्य हासिल गर्नुपर्छ’, भट्टले भने । उनले पार्टीभित्र देखिएको देखावटी एकताको आलोचना गर्दै आन्तरिक गुटबन्दी अन्त्य गरी संगठनात्मक एकता र रुपान्तरणको बाटो अँगाल्नुपर्ने आवश्यकता औंल्याए । आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउन सबै कार्यकर्तालाई एकजुट भएर लाग्न पनि उनले आग्रह गरे ।

 


कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा अछाम इञ्चार्ज झपट बोहराले पार्टीको आन्तरिक जीवनमा मुखपत्रको महत्वपूर्ण भूमिका रहेको बताए । उनले सूर्य युग ले राजनीतिक चेतना र विकासको गतिविधि जनतासम्म पुर्याउने बताए । ‘मुखपत्र सबै जिल्लामा पुग्नुपर्छ’, उनले भने ।
प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले पहिलो प्रयास सकारात्मक रहेको उल्लेख गर्दै पत्रिकालाई अझ उत्कृष्ट बनाइने बताए । सचिव रणबहादुर चन्दले पार्टी गतिविधिलाई सार्वजनिक गर्न मुखपत्र प्रकाशन गरिएको जानकारी दिँदै यसलाई निरन्तरता दिइने बताए ।