धनगढीमा पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि मोबाइल तथा मल्टिमिडिया पत्रकारिता तालिम सुरु

Image
Nisarga Hospital

अत्तरिया : धनगढीमा मोबाइल तथा मल्टिमिडिया पत्रकारिता तालिम सुरु भएको छ । सुदूरपश्चिम प्रदेशमा रहेर संसदीय मामिलामा रिपोटिङ्ग गर्ने पत्रकारहरुका लागि तालिम भईरहेको हो । सुदूरपश्चिम प्रदेश सभाको समन्वय र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना डोटीको आयोजनामा दुई दिने ‘मोबाइल (मोजो) तथा मल्टिमिडिया पत्रकारिता’ सम्बन्धी दुई दिने तालिम शुक्रबार देखि सुरु भएको हो । तालिमको सहकार्य संसदीय मामिला पत्रकार समाज कैलालीले गरेको हो ।

CP Hospital Dhangadhi
Attariya Hospital

तालिममा पत्रकार शिव पुरीले सहजीकरण गरिरहेका छन् । कार्यक्रमका लागि जहिले पनि तत्पर रहेको सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना डोटीका निर्देशक गेहेन्द्र वमले बताए । उनले तालिमले पत्रकारको क्षमता अभिवृद्र्धि हुनेमा विश्वास व्यक्त गरेका थिए । यसका साथै आफ्नो कार्यलयले गरिरहेका कार्यका बारेमा पनि पत्रकारहरुलाई जानकारी गराएका थिए । तालिममा ३० जना भन्दा बढी स्थानीय तथा राष्ट्रिय सञ्चार माध्याममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको छ ।

Advertize US