इरानबाट मिसाइल आक्रमण: इजरायलमा पूर्ण सतर्कता र नागरिकलाई घरभित्रै बस्न आदेश

Image
Nisarga Hospital

इरानले इजरायलतर्फ मिसाइल प्रक्षेपण गरेपछि इजरायली रक्षा बल (IDF) ले देशभर उच्च सतर्कता जारी गर्दै नागरिकलाई तुरुन्त सुरक्षित स्थानमा रहन कडा निर्देशन दिएको छ। बीबीसीका अनुसार अर्को आधिकारिक सूचना नआएसम्म कोही पनि सुरक्षित स्थान नछोड्न भनिएको छ।

CP Hospital Dhangadhi

IDF द्वारा जारी वक्तव्यमा भनिएको छ, “केही समयअघि इरानबाट इजरायलको भूभागतर्फ मिसाइल प्रक्षेपण भएको पुष्टि भएको छ। ती मिसाइलहरू अवरुद्ध गर्न इजरायली रक्षा प्रणालीहरू सक्रिय रूपमा काम गरिरहेका छन्।”

Attariya Hospital

यसबीच इजरायलभर हवाई हमलाको सायरन बजाइएको छ र सुरक्षा संयन्त्र पूर्ण रूपमा परिचालित गरिएको छ। सम्भावित आक्रमणको प्रतिकारका लागि सेनाले रणनीतिक स्थानहरूमा व्यापक सुरक्षा तयारी गरेको छ। स्थिति तनावपूर्ण बन्दै गए पनि नागरिकलाई संयम र सतर्कता अपनाउन आग्रह गरिएको छ।

nawajiwan
Advertize US