कंगोमा डुङ्गा दुर्घटना: मलामी बोकेको डुङ्गा डुब्दा ५४ को मृत्यु, दर्जनौं अझै बेपत्ता

Image
Nisarga Hospital

उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कंगोको उत्तरी इक्वेटुर प्रान्तस्थित तुम्बा तालमा बुधबार भएको डुङ्गा दुर्घटनामा कम्तीमा ५४ जनाको मृत्यु भएको छ भने दर्जनौं अझै बेपत्ता छन्।

CP Hospital Dhangadhi

प्रान्तीय गृहमन्त्री क्रिस्पिन एमपुटु मोलियाका अनुसार दुर्घटनामा तीनवटा ठूला डुङ्गाहरू संलग्न थिए, जसमा एउटाले अन्त्येष्टिका लागि एक महिलाको शव र २०० भन्दा बढी मलामी बोकेको थियो।

स्थानीय बासिन्दा डियु मर्सी अकुलाले उद्धार कार्यमा संलग्न रहँदा ५४ जनाको शव फेला परेको पुष्टि गरेका छन्।

nawajiwan
Attariya Hospital

प्रत्यक्षदर्शीहरूका अनुसार डुङ्गाले अचानक ठूलो छालको सामना गर्नुपर्दा चालकले सन्तुलन गुमाउँदा दुर्घटना भएको हो।

डुङ्गामा यात्रुको औपचारिक सूची नरहेकोले ओभरलोड थियो कि होइन भन्नेबारे यकिन गर्न नसकिने अधिकारीहरूले जनाएका छन्। घटनाबारे विस्तृत अनुसन्धान सुरू गरिएको छ।

# ट्रेण्डिङ