कञ्चनपुरमा १३ वर्षीय बालकको रहस्यमय मृत्यु, सर्पदंशको आशंका

Image
Nisarga Hospital

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बिजपुरीस्थित संहारी टोलमा १३ वर्षीय बालक शुदर्शन डगौरा मृत अवस्थामा फेला परेका छन्।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनी आफ्नै कच्ची टिनले छाएको घरको आँगनमा मृत फेला परेका हुन्। प्रारम्भिक अनुसन्धानमा उनलाई सर्पले टोकेको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

Attariya Hospital

स्थानीयवासी र परिवार शोकमा डुबेका छन् भने प्रहरीले मृत्युको कारण पुष्टि गर्न पोष्टमार्टमको तयारी गरिरहेको जनाएको छ।
सर्पको सक्रियता बढ्ने समय भएकाले सतर्क रहन आग्रह गरिएको छ।

nawajiwan
Advertize US