अमेरिकाको टेक्सासमा भीषण बाढी: १० को मृत्यु, दर्जनौँ बेपत्ता

Image
Nisarga Hospital

अमेरिकाको टेक्सास राज्यमा भीषण वर्षापछि आएको बाढीका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ भने धेरै व्यक्ति बेपत्ता भएका छन्।

CP Hospital Dhangadhi

स्थानीय अधिकारीहरूका अनुसार सान एन्टोनियो सहरमा भारी वर्षापछि आएको बाढीले सडकहरू डुबानमा परेका छन्, जसका कारण सवारीसाधनहरू अवरुद्ध भएका छन्।

सान एन्टोनियो फायर डिपार्टमेन्टले उद्धार कार्य जारी राखेको छ भने सहरका मेयर रोन निरेनबर्गले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मार्फत मृतक र बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार जारी रहेको जानकारी दिएका छन्।

nawajiwan
Attariya Hospital

सहरका अधिकारीहरूले प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै सम्भावित थप जोखिम नियन्त्रणका लागि आपतकालीन टोली परिचालन गरिएको जनाएका छन्।

वैज्ञानिकहरू चेतावनी दिँदै आएका छन् कि जीवाश्म इन्धनद्वारा उत्पन्न ग्रीनहाउस ग्यासले जलवायु परिवर्तनलाई तीव्र बनाइरहेको छ, जसले चरम मौसमी घटनाहरू – जस्तै अत्यधिक वर्षा र बाढी – को सम्भावना बढाइरहेको छ।

टेक्सासमा पछिल्लो समय मौसम सम्बन्धी घटनाहरू बारम्बार दोहोरिएपछि जलवायु परिवर्तनको प्रभावलाई लिएर थप सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन्।

Advertize US