सुदूरपश्चिमका पाँच जिल्लामा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह

Image
Nisarga Hospital

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेशका पाँच पहाडी जिल्लामा बाढीको खतरा रहेको चेतावनी दिएको छ।

CP Hospital Dhangadhi

महाशाखाले शनिबार जारी गरेको बुलेटिनमा बैतडी, दार्चुला, बझाङ, डोटी र डडेलधुरा जिल्लाका साना नदीहरूमा बहाव बढ्न सक्ने भएकाले नदी किनार आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

यी जिल्लाहरूलाई बाढी जोखिमसम्बन्धी “पहेँलो चेतावनी” (Yellow Alert) दिइएको छ, जसको अर्थ सामान्यभन्दा बढी सावधानी आवश्यक रहेको जनाइएको छ।

nawajiwan
Attariya Hospital

महाशाखाले आइतबारसम्म कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने भए पनि जलस्तर घटबढ भइरहने पूर्वानुमान गरेको छ।

त्यसैले नदी किनारमा रहने बासिन्दा, किसान, चरन क्षेत्र प्रयोग गर्ने व्यक्ति तथा नदी आसपासका विकास निर्माण कार्यमा संलग्न निकायहरूले सचेत रहनुपर्ने महाशाखाको सुझाव छ।

साथै, स्थानीय प्रशासन तथा विपद् व्यवस्थापन निकायहरूलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ, ताकि आकस्मिक घटनामा तत्काल प्रतिक्रिया दिन सकियोस्।