सुदूरपश्चिममा पहिलोपटक आज ‘सिनेमा संवाद’ हुँदै

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक आज ‘सिनेमा संवाद’ कार्यक्रम आयोजना हुन लागेको छ। जेडी एसोसियट्सको आयोजना र चलचित्र पत्रकार संघ नेपाल सुदूरपश्चिमको सहकार्यमा धनगढीमा कार्यक्रम दिउँसो १ बजे देखि कार्यक्रम सुरु हुने छ। कार्यक्रममा चलचित्र निर्माण, सन्देश, सामाजिक प्रभाव, बजारका चुनौती तथा सिनेमा र समाजबीचको सम्बन्धबारे गहिरो छलफल गरिने जनाइएको छ । कार्यक्रममा चलचित्रकर्मी, दर्शक, विद्यार्थी, पत्रकार र कलाकारको सहभागिता रहनेछ।

CP Hospital Dhangadhi

जेडी एसोसियट्सका प्रबन्ध निर्देशक दिनेश भण्डारीले कार्यक्रमले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्न, सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन तथा नेपाली सिनेमा र संस्कृति विस्तारमा भूमिका खेल्ने विश्वास व्यक्त गरे। कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेतारनिर्माता–निर्देशक विराज भट्ट, अभिनेता दिव्य देव पन्त, पुष्प खड्का, अभिनेत्री सुरक्षा पन्त र उपासना सिंह ठकुरीलगायत कलाकारहरूको उपस्थिति रहनेछ।

Attariya Hospital

सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। चलचित्र पत्रकार संघ नेपाल सुदूरपश्चिमका अध्यक्ष पुष्पराज जोशीले सुदूरपश्चिममा चलचित्रको गहिरो पक्षबारे संवादको अभाव रहेको भन्दै ‘सिनेमा संवाद’ ले उक्त अभाव पूर्ति गर्ने विश्वास व्यक्त गरेका छन्।

nawajiwan

यो कार्यक्रम पछि सुदूरपश्चिममा पनि ठूला चलचित्र तथा म्युजिक भिडियोहरुको छायांकन हुने र त्यसले यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने विश्वास लिइएको छ ।