सुदूरपश्चिम प्रदेश सरकारले सांसद योजनालाई बजेटमा समेट्दै, बजेट आकार पनि बढ्ने संकेत

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश सरकारले प्रत्यक्ष तथा समानुपातिक प्रदेशसभा सदस्यका योजनाहरूलाई आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा समावेश गर्ने निर्णय गरेको छ। आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमका अनुसार प्रत्यक्ष निर्वाचित सांसदका लागि ५ करोड र समानुपातिक सांसदका लागि ३ करोड रुपैयाँका योजना बजेटमा समेटिएका छन्।

CP Hospital Dhangadhi

प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्नु पर्ने संवैधानिक प्रावधानअनुसार तयारी लगभग पूरा भइसकेको छ। समानुपातिक सांसदहरूले सबैलाई समान रूपमा व्यवहार गर्न माग गरेका थिए। नागरिक उन्मुक्ति पार्टीकी प्रमुख सचेतक तथा समानुपातिक सांसद इन्दिरा गिरीले भने ३ करोड पर्याप्त नभएको बताइन्। उनले भनिन्, “एउटै सडक बनाउन दुई–तीन करोड लाग्छ, यति बजेटले जनताको माग पूरा हुँदैन।”

उनका अनुसार सांसदहरूले सामाजिक विकास, भौतिक पूर्वाधार, बाटाघाटा निर्माणजस्ता योजनाहरू समेटेका छन्।

nawajiwan
Attariya Hospital

अघिल्लो वर्षको ३१ अर्ब ५३ करोड ६६ लाख रुपैयाँको तुलनामा आगामी बजेटको आकार बढ्ने तयारी भएको योजना आयोग सदस्य नृपबहादुर सुनारले जानकारी दिए।

अघिल्लो वर्षहरूमा सांसद विकास कोषका नाममा आएको कार्यक्रम मनपरी र विवादास्पद बनेपछि त्यसलाई हटाएर योजनाहरू समेट्ने प्रणाली अपनाइएको छ। यसपटक योजना छानोट प्रक्रिया संयमित र योजनागत हुने प्रदेश सरकारको भनाइ छ।