पुनर्वासमा धारिलो हतियार प्रहार: तीन घाइते, आरोपी फरार

Image
Nisarga Hospital

कञ्चनपुरको पुनर्वास नगरपालिका–६ मनकामना टोलमा धारिलो हतियार प्रहारबाट तीन जना घाइते भएका छन्। स्थानीय राजु सुनारले मदिरा सेवनपछि चक्कु र ईट्टा प्रयोग गरी तीन जनामाथि आक्रमण गरेका हुन्।

CP Hospital Dhangadhi

इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका अनुसार, राजुले गोविन्द सुनारसँगको विवादपछि गोविन्दसहित सुनिता सुनार र सुशीला सुनारमाथि आक्रमण गरेका थिए। आक्रमणमा परी सुनिता सुनारको निधार र मुखमा चोट लागेको छ भने सुशीला सुनारको टाउकोमा र गोविन्द सुनारको निधार तथा टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

nawajiwan

घाइतेहरूको पुनर्वासस्थित आईबिआरडी पोलिक्लिनिकमा उपचार भइरहेको छ। अवस्था खतरामुक्त भए पनि थप निगरानीमा राखिएको चिकित्सकहरूले जनाएका छन्।

Attariya Hospital

घटना लगत्तै आरोपी राजु सुनार फरार भएका छन्। उनको खोजीका लागि प्रहरी निरीक्षक महेश विक्रम शाहीको कमान्डमा सात सदस्यीय प्रहरी टोली परिचालन गरिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ भने आरोपीलाई चाँडै नियन्त्रणमा लिने प्रयास भइरहेको जनाएको छ। स्थानीयले मदिरा सेवनपछिको हिंसा नियन्त्रण गर्न कडाइ गर्न माग गरेका छन्।

# ट्रेण्डिङ