
सुदूरपश्चिम प्रदेश सरकारले आइतबार साँझ ५ बजे आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले बजेट प्रस्तुत गर्ने छन्।

गत वर्ष ३१ अर्ब ६२ करोडको बजेट ल्याएको सरकारले यसपटक पनि करिब सोही आकारको बजेट ल्याउने अनुमान छ। प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई ३ करोडका दरले योजना वितरण गरिँदैछ, जसअनुसार झण्डै २ अर्ब १८ करोड छुट्याइनेछ।

तर, बजेट खर्चको अवस्था भने अत्यन्त कमजोर देखिएको छ। आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी रहँदा पुँजीगत खर्च ३२.६० प्रतिशतमा सीमित छ। १८ अर्ब ७५ करोडमध्ये ६ अर्ब ११ करोड मात्रै खर्च भएको लेखा नियन्त्रक कार्यालयले जनाएको छ। कुल बजेट खर्च ४०.५५ प्रतिशत मात्र रहेको छ।





























