बाजुराका दुई दुर्गम गाउँपालिकालाई भारतीय दूतावासको एम्बुलेन्स सहयोग

Image
Nisarga Hospital

बाजुराको खप्तड छेडेदह र हिमाली गाउँपालिकालाई भारतीय दूतावासले एम्बुलेन्स सहयोग गरेको छ। नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत शनिबार काठमाडौंमा आयोजित कार्यक्रममार्फत एम्बुलेन्स हस्तान्तरण गरिएको हो।

CP Hospital Dhangadhi

छेडेदह गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथ र हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्ललाई साँचो हस्तान्तरण गरिएको हो। उक्त सहयोग नेपाल सरकारका संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको पहलमा प्राप्त भएको उपाध्यक्ष नाथले जानकारी दिइन्।

Attariya Hospital

स्वास्थ्य र शिक्षाको पूर्वाधार विकासमा नेपाल सरकारको प्रयासलाई सघाउँदै आएको भारत सरकारको यो सहयोग दुई देशबीचको विकास साझेदारीको उदाहरण भएको बताइएको छ।

nawajiwan

कार्यक्रमका अवसरमा अध्यक्ष मल्लले दुर्गम गाउँमा एम्बुलेन्स प्राप्त भएपछि जनतालाई स्वास्थ्य सेवामा सहजता पुग्ने विश्वास व्यक्त गरे। यस प्रकारको सहयोगले जनजीवनमा राहत पुग्नुका साथै नेपाल–भारत मित्रता अझ सुदृढ हुने स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।