केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटनामा सातै जनाको मृत्यु

Image
Nisarga Hospital

भारतको उत्तराखण्ड राज्यस्थित रुद्रप्रयाग जिल्लाको गौरिकुण्ड क्षेत्रमा आइतबार बिहान एउटा यात्रुबाहक हेलिकप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा पाइलटसहित सातै जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

CP Hospital Dhangadhi

हिन्दुस्तान टाइम्सका अनुसार, देहरादूनबाट केदारनाथतर्फ उडेको आर्यन एभियसन कम्पनीको हेलिकप्टर बिहान ५:२० बजे दुर्घटनामा परेको हो। हेलिकप्टरमा चालकसहित ६ जना यात्रु सवार थिए, जसमा एक बालक पनि थिए। हेलिकप्टर गौरिकुण्ड र त्रियुगीनारायणबीच पर्ने दुर्गम गाउँमा खसेको बताइएको छ।

दुर्घटनाको पुष्टि गर्दै उत्तराखण्ड प्रहरीका महानिरीक्षक राजिव स्वरूपले घटनास्थलमा उद्धार टोली परिचालन गरिएको जानकारी दिएका छन्। घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।

nawajiwan

टाइम्स अफ इन्डियाका अनुसार, हेलिकप्टरमा सवार सबै यात्रु र चालकको घटनास्थलमै मृत्यु भएको छ। यात्रुहरूको पहिचान सार्वजनिक नगरिए पनि प्रारम्भिक रिपोर्ट अनुसार सबै भारतीय नागरिक हुन्।

Attariya Hospital

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुर्घटनाबाट आफू स्तब्ध भएको प्रतिक्रिया दिएका छन्। उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।

यो दुर्घटना भएको केही दिनअघि मात्रै भारतको गुजरातस्थित अहमदाबादबाट बेलायत उडेको एयर इन्डियाको बोइङ विमान दुर्घटनामा परेको थियो। उक्त घटनामा २४१ जना यात्रुको मृत्यु भएको थियो।

दुईवटा हवाई दुर्घटना एकै साता भित्र हुँदा भारतको नागरिक उड्डयन क्षेत्रको सुरक्षामाथि गम्भीर प्रश्न उठेका छन्। पछिल्ला घटनाहरूले हवाई सेवा प्रदायकहरूलाई सुरक्षा मापदण्डमा थप ध्यान दिनुपर्ने आवश्यकतालाई उजागर गरेको देखिन्छ।

Advertize US