
बालबालिका तथा सरोकारवाला निकाय बिच बाल हिसा अनलाइन सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । प्रगतिशील युवा समाज र वल्र्डभिजन इन्टरनेसनल नेपालको आयोजनामा,जयपृथ्बी नगरपालिकाको समन्वय सहकार्य उक्त कायृक्रम गरिएको हो । बाल संरक्षण परियोजना अन्तर्गत गरिएको उक्त कार्यक्रममा बालबालिका तथा सरोकारवाला निकाय बिच बाल हिसा,अनलाइन सुरक्षा सम्बन्धी छलफल गरिएको थियो ।

बाल हिसा र सामाजिक सन्जालको सुरक्षित प्रयोग र सुरक्षित हुनका लागि सचेत गराउने उदेश्यले किशोरकिशोरीहरूलाई लक्षित गरि उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा नगरपालिकाका ११ वटै वडाबाट बालक्लब सञ्जालका बालबालिकाहरूको सहभागीता रहेको थियो । कार्यक्रममा बाल हिसा केहो , अनलाइन सुरक्षाका लागि के कस्ता उपायहरू अपनाउन सकिन्छ? साइबर अपराधले शारीरिक, मानसिक र सामाजिक रुपमा पार्ने नकारात्मक प्रभावहरु केके हुन् ? कुनै समस्या र अपराध भएमा समन्वय गर्ने निकाय र हटलाइन नम्बरहरु केके हुन् भनेर जानकारी दिइएको छ ।

अन्तर्क्रिया कार्यक्रममा बाल हिसा,अनलाइन सुरक्षा सम्बन्धी छलफल गदै हिंसा अन्त्यका लागि सरोकारवाला निकाय र सबै व्यक्तिले हातेमालो गर्नुपर्नेमा बाल संरक्षण अधिकृत विनोद थापाले जोड दिनुभयो । साथै सरोकारवाला निकायको सामूहिक प्रयत्नबाट मात्र बालबालिकाविरुद्ध हुने हिंसा अन्त्य हुने धारणा राखेका हुन्।

कार्यक्रममा आत्महत्या सम्बन्धी सबिता खड्रकाले प्रशिक्षण दिनुभएको थियो । पछिल्लो समयमा बालबालिका र किशोर किशोरीहरू नै बढी मात्रामा मोबाइलको प्रयोग गर्ने गरेको र विभिन्न हिंसा, दुर्व्यवहारमा पर्ने गरेको विभिन्न अध्ययनले देखाएको छ । सामाजिक सञ्जालको दुरुपयोग गर्ने र विभिन्न सामाजिक अपराधका घटनामा बालबालिका र किशोरकिशोरीहरू फसिरहेको देखिएको छ ।
































