डोटीका किसान आधुनिक कृषि यन्त्रप्रति झन् आकर्षित, गोरुको विकल्पमा हाते ट्र्याक्टर लोकप्रिय

Image
Nisarga Hospital

डोटीमा किसानहरूको आधुनिक कृषि यन्त्रप्रतिको आकर्षण बढ्दै गएको छ। खेत जोत्न, धान–गहुँ चुट्नजस्ता कार्यमा हाते ट्र्याक्टर र थ्रेसरको प्रयोग तीव्र रूपमा बढेको हो। परम्परागत गोरु पाल्ने प्रथा घट्दै जाँदा र खेतालाको अभाव बढेसँगै ट्र्याक्टर विकल्पको रूपमा देखिएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगा दत्त अवस्थीले जानकारी दिए।

CP Hospital Dhangadhi

दिपायल–५ का किसान जगत विष्ट र मुकुन्द नेगीका अनुसार ट्र्याक्टरको प्रयोगले खेत जोत्न सहज, चाँडो र सस्तो भएको छ। गोरु र खेतालाको पर्खाइ हटेपछि बाँझो जमिनमा पुनः खेती हुन थालेको उनीहरूको अनुभव छ।

Attariya Hospital

संघसंस्थाहरूले पनि किसानलाई यस्ता उपकरण वितरण गरिरहेका छन्। प्रमुख अवस्थीका अनुसार यन्त्रको प्रयोगले एकातिर कृषकलाई सजिलो भएको छ भने अर्कोतिर उत्पादन लागत पनि घट्दै गएको छ। यसले कृषिलाई व्यावसायिक र प्रविधिमैत्री बनाउन सघाएको छ।

nawajiwan