लागुऔषध नियन्त्रणका लागि कैलाली प्रहरीले कार्यविधि ल्यायो, पालिकासँग साझेदारीमा कार्यक्रम सञ्चालन हुने

Image
Nisarga Hospital

कैलाली जिल्ला प्रहरी कार्यालयले लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि विशेष कार्यविधि सार्वजनिक गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा कार्यविधिसम्बन्धी जानकारी दिइएको हो। कार्यविधिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पत्रकारहरुसँग सुझाव समेत संकलन गरिएको थियो।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार कार्यविधिमा गाउँटोलदेखि पालिका तहसम्मका दुर्व्यसनीहरूलाई लक्षित गर्दै ४ दिने अनुशिक्षण कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। कार्यक्रममा अभिभावकको सहभागिता, मनोचिकित्सकबाट परामर्श, सामूहिक प्रतिवद्धता, समिति गठन, तथा पाठ्यक्रम निर्माणसहित परामर्श प्रदान गरिनेछ।

Attariya Hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाका अनुसार कार्यक्रम सञ्चालनका लागि ९ लाख ७६ हजार रुपैयाँ खर्च हुने छ। “काम हामी गर्छौं, तर बिल भुक्तानी पालिकाले गर्ने हो,” राणाले भने, “सहभागीहरूका लागि खाना खर्च र भत्ताको व्यवस्था पनि गरिएको छ।”

nawajiwan

प्रहरीको भनाइमा यो कार्यविधिले समुदायस्तरमा तीव्र रूपमा फैलिएको लागुऔषध दुर्व्यसनको समस्यालाई नियन्त्रण गर्न ठोस योगदान पुर्‍याउने विश्वास लिइएको छ।