इरानी आक्रमणमा इजरायलमा बालबालिकासहित ८ जनाको मृत्यु, दुई सयभन्दा बढी घाइते

Image
Nisarga Hospital

शनिबार राति इजरायलमाथि भएको इरानी क्षेप्यास्त्र आक्रमणमा बालबालिकासहित कम्तीमा ८ जनाको ज्यान गएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन्। इजरायली आपत्कालीन सेवा ‘मागेन डेभिड एडोम’ (MDA) का अनुसार मध्य इजरायलमा १० वर्षीय बालकसहित ४ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन्।

CP Hospital Dhangadhi

इजरायली प्रहरीले एक्समा दिएको जानकारीअनुसार तेल अभिव जिल्लाको तटीय क्षेत्रमा भएको आक्रमणमा कैयौंको ज्यान गएको र दर्जनौं व्यक्ति घाइते भएका छन्। यस्तै, पश्चिमी ग्यालिली क्षेत्रमा एक तीन तले भवनमा क्षेप्यास्त्र प्रहार हुँदा तीन महिलाको मृत्यु भएको आपत्कालीन सेवाले जनाएको छ। तीमध्ये दुई जनाको घटनास्थलमै र तेस्रोको अस्पतालमा मृत्यु भएको हो।

Attariya Hospital

हाइफा क्षेत्रमा इरानी क्षेप्यास्त्र प्रहार हुँदा २० वर्षीया एक महिलाको मृत्यु भएको र १४ जना घाइते भएको पनि पुष्टि गरिएको छ। सफेला क्षेत्रमा ३७ जना घाइते भएका छन्।

nawajiwan

इरानी आक्रमणपछि इजरायली सेना तेहरानतर्फ आक्रमण गर्ने तयारीमा जुटेको बताइएको छ। इजरायलले मिसाइल आक्रमण रोक्न एकैसाथ प्रतिकार गर्ने कदम चालिरहेको जनाएको छ। देशभर साइरन बजाइएपछि लाखौं नागरिक सुरक्षित आश्रयस्थलमा लुकेका थिए। स्थिति तनावपूर्ण बन्दै गइरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन्।

Advertize US