धनगढीका सुरज विष्टद्वारा गाजा र अल्लोबाट बनेका स्वदेशी कपडाको व्यवसाय सुरु

Image
Nisarga Hospital

धनगढीका युवा उद्यमी सुरज विष्टले गाजा (भागो) र अल्लोबाट बनेका कपडाको व्यवसाय सुरु गरेका छन्। धनगढी उपमहानगरपालिका–४ स्थित मुख्य बजार (रुबस होटल जाने सडक) नजिकै उनले ‘सुरज हेम्प कोल्थ एण्ड कोसेली घर’ नामक पसल सञ्चालनमा ल्याएका हुन्। स्वदेशमै उत्पादित सामग्रीलाई प्रोत्साहन गर्ने उद्देश्यले उनले यो व्यवसाय सुरु गरेका हुन्।

CP Hospital Dhangadhi

झण्डै ७ देखि ८ लाख रुपैयाँ लगानीमा सुरु गरिएको उक्त व्यवसायको उद्घाटन वडा नं ४ का वडा अध्यक्ष बुद्धिबहादुर खड्काले गरेका थिए। उद्घाटन समारोहमा अध्यक्ष खड्काले स्वदेशी वस्तुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै भने, “हामीले सधैं आयातित वस्तुलाई रोजेका छौँ, तर आफ्नै देशमा बनेका वस्तुको महत्त्व बुझ्न सकेका छैनौँ।”

कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका सचिव सुरेश पाण्डेले स्वदेशी उत्पादनको प्रवर्द्धनमा सबैको सहयोग आवश्यक रहेको बताउँदै राज्यको पनि भूमिका हुनुपर्ने बताए।

nawajiwan
Attariya Hospital

सञ्चालक विष्टका अनुसार गाजा र अल्लोबाट बनेका कपडाहरू विशेषगरी तराईका गर्मी क्षेत्रका लागि उपयुक्त, टिकाउ र उपयोगी छन्। पसलमा खुट्टादेखि टाउकोसम्म लगाउने सम्पूर्ण पहिरनहरू उपलब्ध छन्। साथै, चियापत्ती, चाउचाउ, नुहाउने साबुन र महजस्ता वस्तुहरू पनि बिक्रीमा छन्।

सुरज विष्टको यो पहलले सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एकै स्थानमा गाजा र अल्लोबाट बनेका स्वदेशी उत्पादनहरूको उपलब्धता गराएको छ, जसले स्वदेशी उद्यमको प्रवर्द्धनमा नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

Advertize US