इसराइल–इरान तनावबीच नेपाली सुरक्षित, परराष्ट्र मन्त्रालयद्वारा जानकारी

Image
Nisarga Hospital

इसराइल र इरानबीच पछिल्ला तीन दिनदेखि जारी तनावपूर्ण घटनाक्रमका बीच परराष्ट्र मन्त्रालयले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै ती देशहरूमा रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको जनाएको छ।

CP Hospital Dhangadhi

विज्ञप्तिमा उल्लेख भएअनुसार हाल इसराइलमा करिब ५,५०० तथा इरानमा करिब १२ जना नेपाली रहेका छन्, र सबैजना सुरक्षित छन् भन्ने जानकारी प्राप्त भएको छ।

परराष्ट्र मन्त्री आरजु राणा देउवाले तेल अभिव र दोहास्थित नेपाली राजदूतहरूसँग टेलिफोन संवाद गर्दै नेपालीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्य गर्न निर्देशन दिएकी छन्। साथै, मन्त्री देउवाले नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कता तथा सूचना समयमै प्रवाह गर्नसमेत निर्देशन दिएकी छिन्।

nawajiwan
Attariya Hospital

सरकारले विकसित परिस्थितिमा दूतावासमार्फत सतर्कता अपनाउँदै नेपालीहरूको हितमा आवश्यक तयारी गरिरहेको जनाएको छ।

# ट्रेण्डिङ