अपांगता भएका बालबालिकाका लागि शैक्षिक सामग्री सहयोग, सामाजिक उत्तरदायित्वको प्रेरक उदाहरण

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–२ स्थित सुप समावेशी आधारभूत विद्यालयमा अपांगता भएका बालबालिकाहरूका लागि करिब २४ हजार बराबरको शैक्षिक सामग्री सहयोग गरिएको छ। महालक्ष्मी विकास बैंक अत्तरिया शाखाले आइतबार विद्यालयलाई कापी, पेन्सिल, क्यारमबोर्ड, चेसबोर्डलगायत सामग्री प्रदान गरेको हो।

CP Hospital Dhangadhi

सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका प्रदेश प्रमुख सुनिल नेपालले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सामग्री वितरण गरिएको र आगामी दिनमा अझ प्रभावकारी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

Attariya Hospital

प्रदेश सांसद तुलसी देवकोटाले अपांगता भएका बालबालिकालाई प्रविधिमैत्री र जीवनोपयोगी शिक्षाको आवश्यकता औंल्याउँदै राज्य र समाज दुवैले सहकार्य गर्नुपर्ने बताइन्।

nawajiwan

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष बिस्ना बोहराको सभापतित्वमा सम्पन्न कार्यक्रममा बैंक, पुस्तकालय, अभिभावक संघ तथा जनप्रतिनिधिको उपस्थिति रहेको थियो। सहयोगले बालबालिकाहरूमा आशा र अवसरको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।

# ट्रेण्डिङ