
काली कर्णालीको पहिचानको रुपमा रहेको सुदूरपश्चिमेली डेउडा गीत `भाउ खान लागि झिक्कै ´को एक समारोहका बिच बिमोचन भएको छ ।

डेउडा प्रतिष्ठान केन्द्रीय समितिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि सुरत बहादुर रावत डोटेली कान्छाले आईतवार धनगढी स्थित इमेज होटेलको सभाहलमा आयोजित एक समारोहका बिच बिमोचन गर्नु भएको थियो ।सुर्य बिसी र गौरी भट्टको स्वरमा सजिएको भाउ खान लागि झिक्कै गीतको लय/ संगीत सुर्य बिसिको रहेको छ भने हिरा सिंह खडकाको शब्द रहेको छ ।
भुमिराज थापा माईलोले एरेन्ज गर्नु भएको गीतको म्युजिक भिडियोको सुरेन्द्र संगमको निर्देशनमा बनेको गीत परिबर्तन डिजिटलको यु ट्युब च्यनलबाट बजारमा ल्याईएको निर्देशक सुरेद्र संगमले बताउनु भयो।



मौलिक लोक गीतलाई उज्जागर गर्ने उद्देश्यले तीन पुस्तालाई समेटेर बनाएको गीतका निर्देशक सुरेन्द्र संगमको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि डेउडा प्रतिष्ठान केन्द्रीय समितिका अध्यक्ष सुरत बहादुर रावत डोटेली कान्छा रहनु भएको थियो भने बरिष्ठ चलचित्रकर्मि ,निर्माता राजकुमार जोशी विशिष्ट अतिथि रहनु भएको थियो । गीतकी मोडेल सरस्वती खडकाले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी एवं लोक गायक प्रेम बिबश चन्दले गर्नु भएको थियो ।
कार्यक्रम बोल्दै बरिष्ठ चलचित्रकर्मी राजकुमार जोशी , सञ्चारकर्मी सुनिता बुढा, संस्कृतिकर्मी युवा नेता प्रकाश परियार लगायत अधिकांश बक्ताले नेपाली लोक संगीतमा भित्रीएको बिकृती निरुत्साहित गर्दै लैजाने खालका गीतहरूलाई प्राथमिकता दिनु पर्ने बताउनु भयो ।
अहिले धेरैजस्तो कलाकारहरु मनोरञ्जन र पैसा कमाउने व्यावसायिक दृष्टिकोणले मात्रै ल्याउने गरिएको प्रती चिन्ता ब्यक्त गर्नु भयो । पछिल्लो समयमा गीत संगीतमा आएको बिकृती लाई बिसंगतीका विरुद्ध एक भएर लाग्नु पर्ने बताउनु भयो । अहिलेको अवस्थामा सेन्सर बोर्डको अति आवश्यक भएको बताउनु भयो ।




















