सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३३ अर्ब ४७ करोडको बजेट सार्वजनिक

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

CP Hospital Dhangadhi

शनिबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह थापाले बजेट प्रस्तुत गर्दै समावेशी, दिगो र विकासमुखी कार्यक्रममार्फत प्रदेशको समृद्धि हासिल गर्ने लक्ष्य लिएको जानकारी दिए।

बजेटअनुसार कुल बजेटको ३०.४९ प्रतिशत अर्थात १० अर्ब २० करोड ८१ लाख ८२ हजार चालू खर्चतर्फ विनियोजन गरिएको छ। पूँजीगत खर्चतर्फ ५९.२५ प्रतिशत अर्थात १९ अर्ब ८३ करोड २ लाख ६ हजार छुट्याइएको छ। त्यस्तै, अन्तरसरकारी वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ७७ लाख (१०.२४%) र वित्तीय व्यवस्थापनका लागि १ करोड रुपैयाँ छुट्याइएको छ।

nawajiwan
Attariya Hospital

बजेटमा कृषि, पर्यटन, पूर्वाधार, ऊर्जा, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक विकासलाई प्राथमिकता दिइएको छ। बजेट कार्यान्वयनमा पारदर्शिता, जवाफदेहिता र परिणाममुखी योजना अनिवार्य हुने मन्त्री थापाले बताए।

सरकारले उत्पादन र उत्पादकत्व वृद्धि, आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा डिजिटल प्रविधिको उपयोगमार्फत सेवा प्रवाह प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

थापाले बजेट प्रदेशको आवश्यकता, स्रोतको उपयोग र समग्र विकासलाई ध्यानमा राखेर तयार पारिएको भन्दै सबैको सहकार्यमा कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरे।