CCS+2 ले 4th Post-SEE Futsal प्रतियोगिता गर्दै

Image
Nisarga Hospital

SEE परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि लक्षित गर्दै धनगढीमा रहेको CCS+2 (crescent city school) को आयोजनामा 4th Post SEE Futsal प्रतियोगिताको उद्घाटन कार्यक्रम सोमवार सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

धनगढी स्थित फ्ल्याटल्याण्ड फुटसल मैदानमा आयोजित प्रतियोगितामा कुल ३२ वटा टिमले सहभागिता जनाएका छन्। उद्घाटन खेलमा मिराकल एजुकेसन र हिमालयन एजुकेसन बीच प्रतिस्पर्धा भएको थियो, जसमा दुवै टिमले रोमाञ्चक खेल प्रदर्शन गर्दै प्रतियोगितालाई रोचक बनाएका थिए।


कार्यक्रम उद्घाटन गर्दै CCS+2 का अध्यक्ष हरि रेग्मीले भने, “SEE परीक्षा पछि विद्यार्थीहरूको खाली समयलाई सकारात्मक कार्यमा प्रयोग गर्न र अनुशासनको बिकास गर्न खेलकुद एक उत्कृष्ट माध्यम हो। यो प्रतियोगिता उनीहरूको ऊर्जा र प्रतिभा उजागर गर्ने प्लेटफर्म पनि हो।”
उनले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ स्तरीय र समावेशी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

nawajiwan
Attariya Hospital

प्रतियोगिता बारे प्रतिक्रिया दिदैँ मिराकल एजुकेसनका कप्तान अनिश कुँवरले भने, “हामी यो प्रतियोगिताका लागि निकै उत्साहित छौं। SEE पछि यस्तो राम्रो अवसर मिलेकोमा आयोजकलाई धन्यवाद दिन चाहन्छौं । हामी उपाधिको लक्ष्यसहित खेलमा होमिएका छौं।”
त्यसैगरी हिमालयन एजुकेसनका खेलाडी आकाश बिष्टले भने, “यो प्रतियोगिताले हामीजस्ता नयाँ खेलाडीहरूलाई हौसला दिन्छ। खेलका माध्यमबाट साथीभाइबीच एकता र सहकार्य पनि बढ्छ।”

प्रतियोगिता आगामी ४ दिनसम्म चल्ने प्रतियोगिताका संयोजक सागर साउदले बताएका छन्, जसमा फाइनल खेल र समापन समारोह विशेष आकर्षणको रूपमा रहनेछ उन्ले बताए । प्रतियोगितामा प्रथम, द्दितिय र तृतीय हुनेलाई नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र बितरण गरिने आयोजकले जनाईएको छ ।