कैलालीको स्याउलेमा थ्री एएम डान्स स्टुडियो सञ्चालनमा

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित स्याउलेमा थ्री एएम डान्स स्टुडियो सञ्चालनमा आएको छ ।

CP Hospital Dhangadhi

गोदावरी ८ कै बासिन्दा आशिष बिसीले थ्री एएम डान्स स्टुडियो सञ्चालनमा ल्याएका हुन् । उक्त स्टुडियोको सोमबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गोबिन्द चौधरीले उद्धघाटन गरेका छन् ।

उद्धघाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चौधरीले नृत्य एक प्रकारको कला भएकोले हरेक व्यक्तिलाई आवश्यक पर्ने बताए ।

nawajiwan

नृत्यले शारिरिक स्वस्थता समेत हुने भएकोले हरेक शहरहरुमा नृत्य पाठशालाहरु आवश्यक भइसकेको उनले बताए ।

Attariya Hospital

त्यस्तै उद्धघाटन कार्यक्रममा बोल्दै स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले युवाहरु विदेशीनेक्रम बढीरहेको समयमा युवाले सञ्चालनमा ल्याएको डान्स स्टुडिायोले देशमै पनि केहि गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको बताए ।

उनले स्याउलेमा पनि हरेक प्रकारका व्यवसायहरु थपिनेक्रम बढेको बताए । त्यस्तै सञ्चालक आशिष बिसीले आफुसंग भएको कला र सिपलाई देशमै प्रयोग गर्ने उदेश्यले डान्स स्टुडियो सञ्चालनमा ल्याएको बताए ।

स्टुडियोमा सबै उमेर समूहका व्यक्तिहरुलाई आवश्यकता बमोजिम डान्स क्लासहरु प्रदान गरिने उनले बताए ।