मंगलबारको दिनमा व्रत र गणेश पूजा गर्नाले: सफलता, स्वास्थ्य र शत्रु नाशको शुभ अवसर

Image
Nisarga Hospital

हिन्दूधर्म अनुसार मंगलबारलाई विशेष महत्व दिइन्छ, यो दिन भगवान गणेशको पूजा तथा व्रत गरिन्छ। यस दिन काली माता, दुर्गा माता र भगवान हनुमानको पनि श्रद्धापूर्वक पूजा गरिन्छ।

CP Hospital Dhangadhi

मंगलबारको व्रतले स्वास्थ्य रक्षा, पुत्र प्राप्ति, शत्रु नाश, रक्तविकारको निवारण र समस्त सुख प्राप्तिमा लाभदायक मानिन्छ। धार्मिक मान्यताअनुसार, यो दिन व्रत बस्ने व्यक्तिले बिहानको खाना नखाई, साँझको भोजनमा नुनसमेत परहेज गर्नुपर्छ।

भगवान गणेशलाई सबै कार्यको आरम्भकर्ता, विघ्न विनाशक र सिद्धिदायक देवता मानिन्छ। धार्मिक परम्परामा कुनै पनि पूजाआजाको सुरुवात गणेश पूजा बिना सम्पूर्ण नमानिन्छ। विशेषतः मंगलबारको दिन गणेश मन्दिरमा गएर विधिपूर्वक पूजा अर्चना, व्रत बस्ने तथा मन्त्र जप गर्ने परम्परा रहिआएको छ।

nawajiwan
Attariya Hospital

मंगलबार ब्रत गर्दा विशेष मन्त्रहरूको जप गर्नाले गणेश भगवान चाँडै प्रसन्न भई भक्तलाई इच्छित फल प्रदान गर्ने विश्वास छ। यी मन्त्रहरूमा “ॐ गं गणपतये नमः”, “ॐ सिद्धिविनायकाय नमः”, “ॐ एकदंताय नमः” लगायतका ११ मन्त्र अत्यन्त फलदायी मानिन्छन्।

मंगलबारको यो साधना नकारात्मक ग्रह प्रभाव हटाउने, जीवनमा सफलता ल्याउने र आत्मबल वृद्धि गर्ने एक शक्तिशाली माध्यमको रूपमा लिइन्छ। धर्म, विश्वास र नियमितता मिलेमा मंगलबारको व्रत जीवन परिवर्तन गर्न सक्ने शक्तिशाली साधना हो।

Advertize US